बालेनसँग कफी पिउँदै डा. सन्दुक रुइतको सल्लाह : राम्रो नराम्रो भन्नेलाई रेस्पोन्स गरिराख्नु पर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह हिजो आफ्ना सहयोगीहरुसहित प्रख्यात आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नागपोखरीस्थित क्लीनिकमा पुगे । युवा मेयर र पाका डाक्टरबीच सोनाम ल्होसारको बिदाका दिन कफी पिउँदै करिब आधा घन्टा नरम भलाकुसारी भयो ।
बालेनले काठमाडौं महानगरबासीलाई कसरी सुलभ स्वास्थ्य सुविधा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न चाहेका थिए । केही दिनअघि मात्रै बहराइनको १० लाख अमेरिकी डलरको अवार्ड पाएकोमा बालेनले बधाइ दिएर कुराकानी सुरु भयो । कुराकानीका क्रममा स्वास्थ्य क्षेत्रको मात्र नभएर काठमाडौंको बाटो विस्तार र उत्पन्न विवादका विषयमा पनि विचार-विमर्श भएको थियो ।

मेयर बालेनले काठमाडौंका सबै वडामा वार्ड क्लिीनक महानगरले सञ्चालन गर्ने योजना सुनाएका थिए । ती क्लीनिकमा महानगरको सेयर हुने तर महानगरबासीले त्यसको सुविधा पाउने उनको भनाइ थियो ।

डा। रुइतले यस्तो क्लीनिक सञ्चालन गर्दा स्वास्थ्य सुविधा सबैलाई निःशल्क गर्ने कुरा व्यवहारिक नहुने बताए । उनले भने, ‘पूरै नाफारहित त गर्नै सकिन्न । राम्रो गुणस्तर कायम गर्ने र सेवाको लागत लिने कुरा ठिक हो । कमजोर वर्गका बिरामीलाई फ्रि गर्ने तर सक्नेबाट पैसा लिने मोडलमा जानुपर्छ ।’

बालेनले त्यसमा सहमति जनाउँदै भने, ‘खासमा आइडिएल सिचुयसन भनेकै त्यही हो नि । कुनै पनि चिज फ्रि भनेको पाउनेलाई पो फ्री भयो । तर, कसै न कसैले त्यसको लागत त तिर्नुपरिरहेको हुन्छ । कि हुनेखानेले नहुनेलाई दिनुपर्यो, कि सरकारले अनुदान दिनुपर्यो ।’

रुइतले थपे, ‘म्यानेजमेन्ट होस्, क्वालिटी होस्, त्यहाँ काम गर्ने जनशक्तिलाई सुविधा होस् । सय रुपैयाँ बढी कमाउँदा मलाई पनि पाँच रुपैयाँ बढी हुन्छ भन्ने भयो भने राम्ररी काम गर्छन् । यस्तो नसोची हुँदै हुँदैन ।’

महानगरका वार्ड क्लीनिकमा सरकारी सेवामा जोडिएका जनशक्तिलाई राख्न कठीन हुन सक्ने रुइतको भनाइ थियो । बालेनले प्रत्येक वर्ष उत्पादन हुने १६ सय एमओ र एमडीलाई नेपाल सरकारले खटाउन नसकेको भन्दै उनीहरुलाई प्रयोग गर्न पाए हुने धारणा राखे ।

कुराकानीमा बालेनले डोजरको प्रसंग पनि निकाले ।

उनले भने, ‘आज हर्क साम्पाङले एउटा घर भत्काउन खोज्नुभएको रहेछ, ढुंगामुढा भएछ । यहाँ मान्छेलाई सजिलै हुँदोरहेछ जस्तो लाग्यो । यहाँ पो हामीले ‘ एउटा टहरा भत्काउन पनि सजिलो छैन ।’ त्यसपछि उनले आफ्ना सहयोगीलाई सोधे, ‘महानगरको कति रोपनी फर्कियो रे सरकारी जग्गा रु’

सहयोगीले १२७र२८ रोपनी फर्काएको जानकारी दिए । बालेनले थपे, ‘आनाको करोडले जोडौं त काठमाडौंमा सरकारी जग्गा कति आयो रु’

रुइतले बालेनको उमेर र सम्भावना भएको भन्दै राम्रो आधारशीला बनाएर अघि बढ्न सुझाव दिए । उनले भने, ‘यहाँ जति मान्छेले गाली गर्छन्, त्यतिले राम्रो पनि भनिरहेको हुन्छ । मान्छेहरुले राम्रो÷नराम्रो भन्दै गर्छन् । सबैलाई रेस्पोन्स गरिराख्नु पर्दैन क्या । यो चाहीँ ख्याल राख । जसले गाली गरिरहेको छ उसले पनि मनमनै त राम्रो काम भइरहेको छ भनेको होला । मुखले त के के भन्छन् ।’ बालेनले सही थपे ।

रुइतले थपे, ‘सुकुम्वासीले अधिग्रहण गरेको जग्गा कसै न कसैले समाधान नगरी हुँदैनथ्यो । तपाईंले छुचोपन देखाउनुभो । तर, कसै न कसैले स्टार्ट गर्नैपर्थ्यो ।’