‘पठान’ हेर्न पुगेकी पूजा शर्माले हलभित्रै काटिन् केक

काठमाडौं । बुधबारदेखि विश्वभर रिलिज भएको बलिउड फिल्म ‘पठान’को क्रेज नेपालमा समेत देखिएको छ । शाहरुख खानका नेपाली फ्यानले हल नै बुक गरेर पहिलो शो हेरे । यति मात्र होइन, अभिनेत्री पूजा शर्माले त शाहरुखका क्रेजी फ्यानसँगै केक काटेर खुसी बाँडिन् ।

काठमाडौंको एक हलमा एकाबिहानै फिल्म हेर्न पुगेकी पूजाले फ्यानसँगै पठान लेखिएको केक काटिन् । पूजा शाहरुखकी डाइहार्ट फ्यान समेत हुन् । सार्वजनिक गरिएका तस्वीर र भिडियोमा पूजालाई फ्यानसँगै रमाइलो गर्दै केक काटिएको देख्न सकिन्छ । त्यसपछि उनले फिल्म हेरेर फ्यानसँग भलाकुसारी पनि गरेकी छन् ।
सिने द सेफ मल्टिप्लेक्स हलमा फ्यानले केक काट्ने जिम्मा पूजालाई दिएका थिए । फ्यानले फिल्मलाई रुचाउने त भइहाले, पूजाले फिल्म साढे २ घण्टा लामो फिल्मलाई ‘इन्जोय’ गरिन् । शाहरुखप्रति पूजाको यो क्रेज पहिलोपटक भने होइन, धेरै अवसरमा उनले ‘एसआरके’लाई सेलिब्रेट पनि गरेकी छन् ।

केही साताअघि शाहरुख खानलाई लिएर भारतमा भइरहेको पठान विवादमा शाहरुखको पक्ष लिएर पूजाले इन्स्टाग्राम स्टोरीमा पोस्ट नै गरेकी थिइन् ।

फिल्म ‘रावायण’को छायांकन शुरु