साढे ३ करोड लगानीमा चरिकोटमा खुल्यो ‘होटल दृश्य’

१३ माघ, काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटको दृष्यावलोकन गर्न सकिने गरी  ‘होटल दृष्य’ सञ्चालनमा आएको छ । चरिकोट चरिघ्याङमा साढे ३ करोड रुपैयाँको लगानीमा नयाँ होटल सञ्चालनमा आएको हो । होटलमा युवा व्यवसायी बाबुराजा शाहीको एकल लगानी छ । दोलखा घुम्न आउने पर्यटकका लागि ‘होटल दृश्य’ फोटो र भिडियोका लागि मुख्य भ्यू प्वाइन्ट भएको शाही बताउँछन् । उनका अनुसार होटलमा ११ वटा कोठा छन् । ८ वटा कोठालाई डिलक्स सुविधायुक्त बनाइएकोछ । होटलमा मिटिङ हलसहितको सुविधा छन् ।

होटलमा थ्री फेज लाइन जडान गरिएको छ । विद्युतीय सवारी साधनका लागि समेत रिचार्ज गर्न मिल्ने प्रविधि होटलको अर्को सुविधा समेत रहेको उनले बताए । उनी यसअघि मासुको व्यवसायमा आवद्ध थिए ।
चरिघ्याङ भ्यू प्वाइन्ट भएको भन्दै उनले यहाँबाट शैलुङ, कालिञ्चोक, गौरीशंकरको रमणीय दृश्य हेर्न सकिने जानकारी दिए । चरिघ्याङ धार्मिक हिसावले प्रसिद्ध क्षेत्र हो । होटल निर्माणसँगै यहाँको गतिविधिमा थप सहयोग पुग्ने उनको भनाइ छ । होटल दृश्यबाट पर्यटकीय नगरी चरिकोटको दृश्यसँगै दोलखाको धार्मिक तथा पर्यटकीय गन्तव्यहरु सजिलैसँग देखिने भएका कारण होटलको नाम ‘होटल दृश्य’ राखिएको उनले बताए ।

२२ मंसिर २०७८ देखि होटल निर्माण सुरु गरिएको थियो । सवारी साधान पार्किङदेखि मनोरञ्जनका लागि रुफटपमा छुटै सुविधा व्यवस्था गरिने छ । होटलको टपबाट सिंगो दोलखाको दृश्य ३६० डिग्रीमा हेर्न सकिने उनको भनाइ छ । होटलमा नेपाली अर्गानिक खाना पाइने उनले बताए ।
 

ठगि गरेको आरोपमा दुइ जना पक्राउ