गणतन्त्र शहीदहरूको बलिदानले सम्भव भएको हो : प्रचण्ड

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् ।

सोमबार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र
अजर रहने बताए ।

उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको स्रोत भएको बताए ।
उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई शहीदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए ।

आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताए । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास
गरिरहेका छौं । यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ,’ उनले भने, ‘देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरुअमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् ।’

शहीद दिवस शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गरेका छन् ।

इलाम र बझाङमा पठाईयो मतपत्र

मतदाता नामावली पुनः सुचारु