एम्बापे घाइते भएको खेलमा पीएसजी विजयी

१९ माघ, काठमाडौं । पेरिस सेन्ट जर्मने पीएसजी ले फ्रेन्च लिगमा वानमा मोन्टेपिलरलाई बुधबार रात ३-१ ले पराजित गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बिर्सनलायक बन्यो ।

एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् ।
पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल मेसी र वारेन जैरे एमेरीले गोल गरे । मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए ।

यस जितपछि फीएजीले दोस्रो स्थानको मरासेमाथि ५ अंकको अग्रता बनाएको छ । २१ खेलबाट पीएसजीको ५१ अंक छ भने मर्सेको समान खेलबाट ४६ अंक छ । नान्ट्सलाई २० ले हराएर मार्से दोस्रो स्थानमा उक्लेको छ ।
खेलको १०औं मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो । तर एमबाप्पेको पेनाल्टी मोन्टेपिलरका गोलकिपरले रोके ।

गोलकिपर पेनाल्टी प्रहार गर्नुअघि नै अगाडि बढिसकेको कारण पुनः पेनाल्टी प्रहार गरिएको थियो । तर एमबाप्पेको प्रहार पोष्टमा लागेर फर्कियो । रिबाउन्डको उनको प्रहार बारमाथिबाट बाहिरियो ।

२१औं मिनेटमा घाइते एमबाप्पेले मैदान छाड्नुपर्‍यो ।

५२औं मिनेटमा पीएसजीका अच्रफ हिकमीले गोल गरेपछि भिएआरले मान्यता दिएन । त्यसपछि सबै गोल दोस्रो हाफमा भए ।

फाबियन रुइजले ५५औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । मेसीले रुइजकै पासमा ७२औं मिनेटमा पीएसजीका लागि दोस्रो गोल गरे ।

८९औं मिनेटमा मोन्टेपिलरका नोर्दिनले गोल गर्दै गोल अन्तर घटाए । तर इन्जुरी टाइममा वारेन एमेरीले गोल गरेपछि पीएसजीले जित निकाल्यो । वारेन पीएसजीको इतिहासमा गोल गर्ने कान्छा खेलाडी बने ।
 

पन्जाबद्धारा गुजरात पराजित