‘ठूला फिल्म’ आउने भएपछि ‘परस्त्री’ र ‘परदेशी २’को रिलिज रोकियो

काठमाडौं । कोशिश क्षेत्री र शिल्पा मास्केको प्रमुख अभिनय रहेको फिल्म ‘परस्त्री’ले फागुन १९ गतेको पूर्वनिर्धारित रिलिज योजना स्थगित गरेको छ । उक्त मितिमा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि प्रदर्शन रोकिएको हो ।

निर्मात्री शर्मिला पाण्डेले प्राविधिक काममा ढिलाइ हुँदा उक्त मितिमा फिल्म नआउने बताइन् । केही दिनअघिसम्म निर्माताले फागुन १९ मा फिल्म ल्याउने भन्दै प्रचारप्रसारलाई तीव्र बनाएका थिए ।
दीपेन्द्र के खनालद्वारा लिखित यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । फिल्मलाई नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने योजनासहित नयाँ रिलिज मिति घोषणा गर्ने पाण्डेले बताइन् ।

यसैबीच गायक प्रकाश सपुतको डेब्यु अभिनय रहेको फिल्म ‘परदेशी २’को पूर्वनिर्धारित फागुन ५ गतेको प्रदर्शन रोकिएको छ । निर्माताले यसबारे केही उल्लेख नगरे पनि रिलिज मिति आउन डेढ साता मात्र बाँकी रहँदा फिल्म आउने सम्भावना छैन । यो फिल्मलाई आगामी दशैंमा ल्याउने योजनमा निर्माता राजेश बंशल छन् ।

२ जना मृत अवस्थामा फेला

यस्तो रहनेछ आज दिननभरको मौसम: