पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ छ ।
बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।
प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो ।

त्यसक्रममा घटना अपराह्न ३र४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ । घरमा चार जनाको परिवार बस्दै आएको भएपनि शनिबार अरु दुई जना बाहिर थिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।