आन्दोलित कर्मचारीद्वारा  कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी

काठमाडौँ  निजामती कर्मचारी (सिभिल) अस्पतालका आन्दोलित कर्मचारीले कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

अस्पताल व्यवस्थापनले एकोहोरो तवरबाट विज्ञापन गरिएको भन्दै अस्पतालका कार्यकारी निर्देशक विद्यानीधि पौडेलको कार्यकक्षमा तालाबन्दी गरेको हुन् ।

अस्पताल व्यवस्थापनले एकोहोरो तवरबाट विज्ञापन गरिएको भन्दै अस्पतालका कार्यकारी निर्देशक विद्यानीधि पौडेलको कार्यकक्षमा तालाबन्दी गरेको हुन् ।

आन्दोलन कर्मचारी विगतमा कर्मचारीको हितमा नियमावली संशोधन, तहमिलान, सेवा अवधि गणना गरी सम्मानजनक बढुवा लगायतको विषयमा भएको सहमतिको अस्पताल व्यवस्थापनले उपेक्षा गर्दै अगाडि बढेका कारण स्वास्थ्यकर्मी रिलेअन्सनसहित आन्दोलित गर्न बाध्य भएको डाक्टर्स एसोसियसनका अर्फ सिभिल अस्पतालका अध्यक्ष डा सुमनबाबु मरहठ्ठाले बताए ।विज्ञापन खारेज गर्नुपर्ने, अदालतको फैसला अनुसार चिकित्सक र कर्मचारीको स्थायित्वको सुनिश्चितता गर्नुपर्ने, विनियमावलीको संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न, रिक्त दरबन्दीमा ओएनएम गरेर विज्ञापन गर्नुपर्ने आन्दोलित कर्मचारीले माग गरेका छन् ।

वर्षौदेखि कार्यरत कर्मचारीको हित विपरीत विभिन्न पदमा ३ सय ५० भन्दा बढी कर्मचारी विज्ञापनको खारेजेको माग गरिएको भन्दै कर्मचारी आन्दोलित भएको उनले बताए ।

उता अस्पतालका कार्यकारी निर्देशक डा.विधाननीधि पौडेलले कर्मचारीको माग गम्भीर रहेको बताए । ‘नियम अनुसार कर्मचारी माग गरिएको छ । उहाँको मागअनुसार अगाडि बढ्नका लागि अस्पतालको एक्लो प्रयोगले हुँदैन,’ उनले भने ।