यामाहाले ल्यायो बाइकमा सेल्फ ब्यालेन्सिङ सिस्टम

काठमाडौं यमाहाले सेल्फ ब्यालेन्सिङ सिस्टमको अनावरण गरेको छ ।

कम्पनीले सन् २०५० सम्ममा मोटरसाइकलबाट हुने दुर्घटनालाई शून्य बनाउने लक्ष्य राख्दै यो प्रविधिको विकास गरेको हो ।

सेल्फ ब्यालेन्सिङ सिस्टम यामाहाको एडभान्स मोटरसाइकल स्टेबिलाइजेसन असिस्ट सिस्टम (एएमएसएएस) को मुख्य कम्पोनेन्ट रहेको छ ।

आफ्ना प्रयोगकर्ताका लागि दुर्घटनामुक्त बनाउनु नै कम्पनीको ‘जिन–की कन्नो’ र ‘जिन–की एन्जे’ सेफ्टी भिजन हो।

हाल कम्पनीले यो प्रविधि आर २५ बाइकमा परीक्षण सुरू गरेको छ । यी सम्पूर्ण परीक्षण सफल भएमा यामाहाले आफ्ना अन्य बाइकमा पनि सेल्फ ब्यालेन्सिङ टेक्नोलोजी प्रदान गर्ने अनुमान गरिएको छ ।

यामाहाको सेल्फ ब्यालेन्सिङ टेकले थोरै स्पीडमा बाइक चलाउँदा बाइकलाई स्थिर बनाउने काम गर्दछ । यसको अगाडिको भागमा रहेको ह्वील र ह्यान्डलबारमा ड्राइभिङ फोर्स र स्टेरिङ फोर्स कन्ट्रोल गर्नका लागि मोटर एक्चुएटरको जडान गरिएको छ । उक्त एक्चुएटरलाई सिक्स एक्सिस इनर्टियल मेजरमेन्ट यूनिट (आइएमयू) ले कन्ट्रोल गरेका हुन्छन् ।

यो सिस्टमले बाइक स्टार्ट गर्दा होस् या बन्द गरेको बेला गाडीलाई स्थिर बनाउन अगाडिको ह्वीलमा जडान भएको एक्चुएटरले मद्दत गर्दछ । कम्पनीका अनुसार सेल्फ ब्यालेन्सिङ सिस्टमले वाकिङ स्पीडमा पनि काम गर्दछ ।