वैशाख १० देखि छायांकन हुने , हिमालय रोडिजको जजमा दीया मास्केको निरन्तरता

काठमाडौं । हिमालय रोडिजको पाँचौं सिजनका चारैजना जज फाइनल भएका छन् । जजको रुपमा दीया मास्केले निरन्तरता पाउने भएकी छन् । दर्शकले अब दीयासहित प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् ।

मोटरसाइकल राइडदेखि एड्भेन्चर खालका टास्कलाई लिएर हुने यो प्रतिस्पर्धा पहिलो सिजनदेखि नै दर्शकमाझ लोकप्रिय छ । निर्देशक सिमोस सुनुवारले चारैजना सेलिब्रिटी जजको रुपमा तय भएको बताए । पाँचौं सिजनबाट अभिनेत्री प्रियंका कार्की पनि जजको रुपमा प्रवेश गरेकी छन् ।

पाँचौं सिजनको छायांकन वैशाख १० गतेदेखि सुरु हुने तयारीमा छ । यसपटकको संस्करणलाई टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीले होस्ट गर्नेछन् ।

नयाँ सिजनमा अघिल्ला संस्करणमा भन्दा भिन्न टास्कहरु प्रस्तुत गरिने निर्देशक सुनुवारले बताए । पाँचौं सिजनको थिम ‘जर्नी टु एक्स्ट्रिम’ राखिएको छ । हिमालय टेलिभिजनका महाप्रबन्धक गोविन्द ढकालले नयाँवर्षदेखि यो कार्यक्रम प्रसारण हुने बताए । टीभीसँग अन्य अन्तर्राष्ट्रिय रियालिटी शोहरु पनि पाइपलाइनमा रहेको उनले जानकारी दिए ।

फिल्म ‘रावायण’को छायांकन शुरु