सरकार र मिटरब्जाजी पीडितहरुबीचको वार्ता भोलि हुँदै

काठमाडौँ  सरकार र मिटरब्जाजी पीडितहरुबीचको वार्ता भोलि बिहान साढे सात बजे हुने तय भएको छ। बिहीबार बिहान एक चरणको वार्ताबाट निष्कर्ष नआएपछि साँझ ६ बजे बस्ने तय भएपनि मिटरब्याजी पीडितका समस्याका कारण शुक्रबार बिहान बस्ने गरी समय सरेको हो। 

बिहीबार साँझको वार्ता स्थगित भएपनि पीडितका तर्फबाट पेश भएका लिखित माग सम्बोधन गर्ने सवालमा सरकारी वार्ता टोलीबीच छलफल भने भएको छ।