चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

रौतहट । बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिन बहादुर ठाडाको कमान्डमा गएको टोलीले  स्थानीय पचरौता नगरपालिका– ६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ बर्षिय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआईजी गणेश ठाडा मगरले बताएका छन ।

भारतीय नागरिक साहको साथबाट एककिलो दुईसय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कार्वाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाईएको डिआईजी मगरले जानकारी दिएका छन् ।

रास्वपाको सचिवालय बैठक आज बस्दै