कांग्रेसले काठमाडौंमा खोल्यो खाता

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । 

अन्तिम मत परिणामका अनुसार काँग्रेसका मोहन बस्नेत ७ हजार २०१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाए ।

यस्तै, उपमेयरमा पनि काँग्रेसले नै जीत हासिल गरेको छ । वसन्ती डङ्गोल तामाङ सात हजार ६२३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाइन्  ।

काठमाडौं जिल्लामा कांग्रेसको यो पहिलो जित हो । 

रास्वपाको सचिवालय बैठक आज बस्दै