कांग्रेसलाई हराउँदै तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा (कल्पना ) विजयी भएका छन ।

रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार   ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी कांग्रेसका एकराज उपाध्याय एक हजार ९ सय  १५ मत प्राप्त गरेका हुन् । 

त्यस्तै, उपाध्यक्षतर्फ माओवादी केन्द्रकी कल्पना  विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन्। उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार  ८ सय  ७ मत प्राप्त गरेकी हुन् ।

२०७४को निर्वाचनमा   तिलागाउँपालिकामा नेकपा ऐमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए भने माओवादी केन्द्रकै  बिष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थिइन् । यसपटक तिला गाउपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो । 

रास्वपाको सचिवालय बैठक आज बस्दै