प्रचण्डले ओलीलाई कडा आरोप लगाए : के साच्चै हाेला ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिग्रेका कम्युनिस्टहरुमा  सडेका अण्डाको जस्तै गन्ध आउने बताएका छन् ।  सोमबार काठमाण्डुमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै प्रचण्डले बिग्रिएका कम्युनिस्टहरू र सडेका अण्डा उस्तै हुने बताएका हुन् । 

‘कम्युनिस्टहरू राम्रा हुन्छन् । वैज्ञानिक हुन्छन् । धैर्यतापूर्वक विश्लेषण गर्छन् । तर बिग्रेपछि कम्युनिष्टजति खराब कोही पनि हुँदैन’, उनले भने, ‘अण्डा लाभदायी हुन्छ तर सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन । अण्डा जति गन्धा केही हुँदैन । कम्युनिस्ट बिग्रिए त्यस्तै हुन्छन्।’ 

त्यस्तै उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका असरको जिम्मेवार ओली नेतृत्वको अघिल्लो सरकार भएको दावी गरे ।  शोधनान्तर घाटाको आजको स्थिति ओली र तत्कालीन अर्थमन्त्री युवराज खतिवडाका कारण सिर्जित भएको उनको आरोप छ । 

‘मेरै अगाडि एमालेका शंकरजीले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्नुभयो । मेरो अगाडि त्यसो भन्न मिल्छ ? शोधनान्तर घाटाको आज जे स्थिति छ त्यसको प्रणेता केपी ओली र युवराज खतिवडा हुन्’ , उनले भने । 

रास्वपाको सचिवालय बैठक आज बस्दै