माओवादीका पदाधिकारीको नाम प्रस्ताव गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसहित कमिटी गठनका लागि नेताहरुको नाम प्रस्ताव गर्ने भएका छन्। मंगलबार खुमलटारमा बसेको बैठकले पदाधिकारीहरुको टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको हो ।

‘अध्यक्ष कमरेडले भोली नाम प्रस्ताव गर्ने छन् । बैठकको अध्यक्षता उहाँले नै गर्ने भएकाले नाम प्रस्ताव गर्नुहुन्छ,’ बैठक पछि एक नेताले भने । साेमबार बसेको बैठकमा नेताहरुले जतिसक्दो चाँडो पदाधिकारीको टुंगो लगाउन प्रचण्डलाई दवाव दिएका थिए ।

यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव रहेको थियो । अध्यक्ष प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् ।

रास्वपाको सचिवालय बैठक आज बस्दै