दिल्लीबाट प्रचण्डले यस्तो खुलासा गरे, के सफल होला ?

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् । शनिवार भारत नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने बताएका हुन् ।

उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमणमा आएको बताए । प्रचण्डले करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको स्पष्ट पारे । नेपाल-भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने उनले दावी गरे ।

‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो । दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो । कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो’, उनले भने ।

अध्यक्ष प्रचण्ड शुक्रवार दिउँसो भारत पुगेका थिए ।

 

रास्वपाको सचिवालय बैठक आज बस्दै