कांग्रेसले साउन ३० र ३१ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाण्डु- नेपाली कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने गरी मिति तय गरिएको आजको बैठकमा सहभागि एक नेताले बताए ।

संघीय निर्वाचन अन्तर्गत सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो ।

रास्वपाको सचिवालय बैठक आज बस्दै