सादा पोशकाका प्रहरीलाइ नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन सर्कुलर

काठमाडौँ - गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय र सबै प्रदेशमा सर्कुलर गरेको  छ ।

सादा पोसाकमा खटिने (घुमुवा) प्रहरी गैर व्यावसायिक काममा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुँवरलाई त्यसबारे सर्कुलर गर्न भनेका हुन् ।सादा पोशकाका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरेर नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन सर्कुलर गरिएको छ । अपराध अनुसन्धान शाखामा कार्यरत बाहेक अन्य प्रहरी कर्मचारीले अब युनिफर्म लगाउनुपर्ने र कार्यालय प्रमुखले त्यसबारे मनिटर गर्नुपर्ने परिपत्र गरिएको छ । प्रहरी हेडक्वार्टरले जिम्मेवारी परिवर्तन गरिएका कर्मचारीको नामावली दुई घण्टामा पठाउन भनेको छ ।