यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं आज पाँचवटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगमा वर्षाको सम्भावना देखिएको हो।

पश्‍चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा  रहने छ। कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी पहाडी इलाकाका १(२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति कोशी र मधेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकीका पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम :