"वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो ?" माधव नेपाल

काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आज बिहान काठमाडौँमा गरेको कार्यक्रममा उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको बताएका हुन् ।

कसैका धाकधम्की, गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको अध्यक्ष नेपालको भनाइ छ । वर्तमान सत्ता गठबन्धनमा सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने उनले आशङ्का व्यक्त गरेका छन् ।


 

रास्वपाको सचिवालय बैठक आज बस्दै