सेयर बजारमा दोहोरो अंकको वृद्धि, अन्य उपसुचक कस्तो ?

काठमाडौं साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १४.३३ अंकले बढेरर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ । । उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड ५ लाख ९२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको मल्टिप्रपोज फाइनान्सको १० करोड ९९ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन पिपुल्स पावर लिमिटेडको ९ करोड ८५ लाख ४२ हजार रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख ५५ हजार रुपैयाँ र नेपाल फाइनान्सको ६ करोड ७३ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।