कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उक्त स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् ।

यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५, का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएकको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर सोमबार (आज) बिहान तीन बजेतिर शुभकालिका गाउँपालिका–१, छाति भन्ने ठाउँमा दुर्घटना भएको हो । छातिदेखि दहिखोलातर्फ जादै गरेको क.प्र. ०२–००१ क ०१२९ नम्बरको स्काईभेटर अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको थियो । घाइते चालकलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

यस्तो रहनेछ आज दिनभरको मौसम

मुगुमा लेक लागेर एकजनाको मृत्यु