एमालेका सुहाङ ३९६० मतले अगाडि

काठमाडौँ प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार उनले ११ हजार ६१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत प्राप्त गरेका छन्  । यो दुवैबिचको ३९६० मतले अन्तर हो । 

त्यसैगरी पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत ल्याएर तेस्रो स्थानमा कायमै रहेका छन् । रास्वपाका मिलन लिम्बूलाई १ हजार ५९६ मत प्राप्त भएको छ ।