गण्डकीका मुख्यमन्त्री विरुद्धको रिटमा सकियो बहस

पोखरा  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको रिटमा बहस सकिएको छ । निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनीविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । 

दुवै पक्षका वकिलहरूले बहस गरिसकेका हुन् भने रिट उपर आजै फैसला हुने बताइएको छ । अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी गरेका थिए ।  सोही दावीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री बनाएका थिए । सरकारको जोड घटाउमा सभामुखलाई गणना गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।