अन्डामा नयाँ समर्थन बिक्री मूल्य, कति पर्छ अब ?

काठमाडौँ नेपाल लेयर कुखुरापालक संघले अन्डामा नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

बैठकले देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । संघका अनुसार नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ । यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो ।