सिंगटी हाइड्रो इनर्जीको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १०० प्रतिशत हकप्रद बापतको १ करोड ४५ लाख कित्ता सेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।