घटबढ भएन सुनको मुल्य

काठमाडौं नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार कायम मूल्यमा आज पनि कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । जस अनुसार आज चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार एक हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।