राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

काठमाडौँ राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा आएका छन् । प्रधानमन्त्री कार्यालयले विभागका महानिर्देशक नवराज ढुंगानालाई आन्तरिक सरुवा गर्दै बुढालाई जिम्मेवारी दिएको हो ।

विभागको नेतृत्वमा लामो समयदेखि ढुंगाना थिए । उनले विभागको नेतृत्वमा रहेर सुन तस्करीको जालो तोडेर वाहीवाही कमाएका थिए । यसपछि अमेरिकी प्रविधि कम्पनी कोटिभिटीको करछली मुद्दा दायर गरेपछि भने ढुंगानाको विरोध भएको थियो । महानिर्देशकका रुपमा विभाग आएका बुढा यसअघि  पर्यटन विभागको महानिर्देशकका रुपमा समेत कार्यरत थिए ।