आगलागीमा परेका दुईजना बालिकाको मृत्यु

काठमाडौँ ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेका दुईजना बालिकाको मृत्यु भएको छ । ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका संजय गिरी, रुपा गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।