सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

काठमाडौं सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्तावलाई बीमा प्राधिकरणले वैशाख २४ गते रद्द गर्न निर्देशन दिएको थियो ।

कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० का सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी जम्मा २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको अन्तरिम लाभांश घोषणा गरेको थियो । कम्पनीको हाल चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

प्रि ओपन सेसन अपडेट