पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रबलराज पोखरेल

काठमाडौं त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले  पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रबलराज पोखरेललाई  नियुक्त गरेका छन्। 

यसअघिका प्रमुख प्रा। चिरञ्जीवी खनालले दिएको राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । प्रा।पोखरेललाई यही वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ। 

पोख्रेल १६ वर्षअघि पनि सोही विभागको प्रमुख रहेका थिए ।

विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै प्राध्यापक पोखरेलले राज्यको चौथो अंग मानिने पत्रकारिता क्षेत्रको प्रवर्द्धन, प्राज्ञिक उन्नयन र अध्ययन–अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिए।