सेयर बजारमा सामान्य सुधार

काठमाडौं साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार २.०६ अंकले बढेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख २ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा नौ वटा उपसूचकमा राताम्मै भएको छ ।