सेयर बजार स्थिर कारोबार रकम कति ?


काठमाडौं नेपाल स्टक एक्चेञ्ज (नेप्से) बुधबार झिनो अंकले घटेको छ । आज नेप्से ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको छ ।

आज २ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर ४१ हजार १३७ पटक किनबेच भएको छ । आज ३०५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले बढेको छ । आज १३ उपसमूहमध्ये ४ वटा समूह बढेको छ भने ८ समूह घटेको छ । बढ्नेमा फाइन्यस, हाइड्रो, लघुवित्त र ट्रेडिङ बढेको छ । आज इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने डोटि हाइड्रोपावर ९.७९ अंकले बढेको छ । समता घरेलु लघुवित्तको शेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ । कुमारी सबल योजना (म्यूचअल फण्ड) भने १० प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको छ । बुधबार फस्ट माइक्रोपाइनस लघुवित्तको शेयर बढी कारोबार भएको छ । फस्टको १० करोड ६० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । आज बढी कित्ता शेयर प्राइम कमर्सियल बैंकको शेयर कारोबार भएको छ । प्राइमको ४ लाख १० हजार ९१५ कित्ता शेयर किनबेच भएको छ ।