जसपा नेपालद्धारा केन्द्रीय समितिको बैठक आव्हान

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

हालै विभाजन भएको जसपा नेपालले वैशाख ३१ र जेठ १ गते बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको हो ।
बैठकमा पार्टीमा हालै देखिएको विभाजन तथा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने विषयमा छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता अशोक राईले ७ सांसदलाई लिएर जसपा गठन गरेपछि जसपा नेपालले आगामी रणनीति बनाउँदै छ ।