प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सर्‍यो

काठमाडौँ  प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक सारिएको हो । 

बिहान ११ बजेलाई बैठक बोलाइएको भए पनि सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै काँग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताएपछि बैठक सारिएको हो । 

यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए ।