स्थानीय सरकारमा पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारमा पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

संघीय सरकारले तेस्रो किस्ताको समानीकरण अनुदान कटौती गरेपछि गाउँपालिका राष्ट्रिय महासंघले विरोध गर्दै आइरहेको थियो । महासंघ प्रतिनिधिसँग सोमबार भएको भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले स्थानीय तहलाई पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका हुन् । कटौती गरिएको तेस्रो किस्ताको रकम पठाउने उनले बताएका हुन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले महासंघसँग मुख्य सचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो नआउने भन्दै समानीकरण अनुदान नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताएका थिए ।