नेम्वाङको विजय सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली इलाम जाँदै

काठमाडौं- इलाम–२ को उपनिर्वाचनमा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले विजयी सभा आयोजना गर्दैछ । विजय सभालाई सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदैछन् ।

नेकपा एमाले इलामले आज दिउँसो १ बजे विजय सभा आयोजना गर्दैछ । सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने नेकपा एमाले इलामले जनाएको छ ।चुनावी अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र सुहाङ नेम्वाङ गत वैशाख १५ गते भएको उपनिर्वाचनको मत गणना मंगलबार बिहान सकिएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।