इनारभित्र खसेका ४१ वर्षीय पुरुषको सकुशल उद्धार

ललितपुर ललितपुर महानगरपालिका-५ स्थित सडक छेउको करिब ३० फिट गहिरो सार्वजनिक इनारभित्र खसेका सिन्धुली हरिहरपुरगढी नगरपालिका-५ का ४१ वर्षीय पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ । 

उक्त इनारभित्र गए राति मानिस खसेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय लगनखेल र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई सकुशल उद्धार गरी उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस