प्रभु हेलिकप्टरका एक क्याप्टेन निलम्बन

काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेड एक क्याप्टेनलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार ती क्याप्टेनले उडानका दौरान अस्वीकार्य र अनधिकृत गतिविधि गरेका थिए ।

उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो । प्राधिकरणले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस