गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

काठमाडौँ गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए । परियारले अत्यधिक मात्रमा जाँड–रक्सी आएर गए राति आफू बस्ने घरमा आगो लगाएका थिए । आगलागीबाट घरभित्र रहेको अन्नपात एवम् लत्ताकपडा जल्नुका साथै घरसमेत नष्ट भएको छ । घरमा आगो लागेपछि अलपत्र अवस्थामा रहेकी रेखबहादुरकी श्रीमतीलाई जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराएको छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस