कतारी राजाको स्वागतको लागि काठमाडौँका विभिन्न स्थानमा स्वागत द्वारहरू स्थापना

काठमाडौँ कतारी राजाको स्वागतको लागि काठमाडौँका विभिन्न स्थानमा स्वागत द्वारहरू स्थापना गरिएको छ । राजधानीका मुख्य सडक र क्षेत्रमा कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतमा उनको फोटो अङ्कित स्वागत द्वारहरू राखिएका हुन् । 

कतारी राजा अल थानी आज अपराह्न काठमाडौँ उत्रिँदै छन् । दुई दिने राजकीय भ्रमणका लागि उनी आफ्नो निजी विमानमा आउन लागेका हुन् । उनको सुरक्षालाई दृष्टिगत गरि नेपाली सेनाले उनलाई ए ग्रेडको सुरक्षा दिने तयारी गरेको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ को व्यवस्था अनुसारलाई उनलाई मुख्य घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको हो ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस