रानीघाटमा मलामी गएका एकजना बेपत्ता

काठमाडौँ रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका–३ स्थित रानीघाटमा मलामी गएका एकजना बेपत्ता भएका छन् । चौरजहारी–९ कोटजहारी घर भएका ६१ वर्षीय नारायण खड्का भेरीमा डुबेर बेपत्ता भएका हुन् ।

उनको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी)  शैलेन्द्र थापाले बताए । वैशाख १२ मा भेरीमा नुहाउने क्रममा  उनी बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बलको नम्बर–६ महेश्वरी बाहिनी मुख्यालयबाट ६ जनाको गोताखोर टिम परिचालन गरिएको डीएसपी थापाले जानकारी दिए । त्यस्तै, मुग्लिङ पुल नजिकै त्रिशुलीको बिच भागमा अड्किएका एकजना पुरुषको शव सशस्त्र प्रहरीले निकालेको छ । विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट खटिएको टोलीले सो शव निकालेको हो ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस