इलाम २ मा कांग्रेसको अग्रता कायम

काठमाडौँ फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस ८२ मतले अघि लागेको छ । १ र २ मा २ हजार ८३९ मत खसेकोमा कांग्रेसका डम्बर खड्काले १ हजार १४५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले१ हजार ६३ मत पाएका छन् । 

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको  ३११ मत छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू २०९ मत पाएर चौथो स्थानमा छन् ।  एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम(२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।

सरकारबाट बहिरिने भयो जसपा