बझाङ १ मा दुई वडाको मतगणना सम्पन्न

काठमाडौँ बझाङ १ मा भएको निर्वाचनअन्तर्गत दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबीसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त परिणामअनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा ९एमाले० का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन सय ८०, नेकपा (माओवादी केन्द्र)  का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा ९एकीकृत समाजवादी० का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का किशोर खड्काको ९ मत प्राप्त गरेका छन् । २८ मत बदर भएको कार्यालयले जनाएको छ ।
 

सरकारबाट बहिरिने भयो जसपा