फिल्म  ‘पुजार सार्की’ जापानमा प्रदर्शन हुदैँ

काठमाडौँ आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘पुजार सार्की’ । आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का मुख्य भूमिकामा रहेको फिल्म टोकियोसहित जापानका ३ दर्जन सहरमा प्रदर्शन हुने भएको छ ।

फिल्मको जापान प्रदर्शन तीन दर्जन शरमा निश्चित भएको जापान अधिकार खरिद गरेका खिमराज शाहले बताए । फिल्म प्रदर्शन लागि अभिनेता पल शाह पनि जापान जानेछन् । मे २६ तारिखमा टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा पल सहभागी हुनेछन् । फिल्म दिनेश राउतले निर्देशक गरेका हुन् । फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ । 

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ । फिल्मका लेखक विकास सुवेदी हुन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ, भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’मा भरत रेग्मीको र हिमाल केसीको दोन्द्ध ।