भारतको रबर कारखानाभित्र विस्फोट हुँदा २ जना कामदारको मृत्यु

नयाँदिल्ली उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा २ जना कामदारको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो । रबर उत्पादन केन्द्रमा विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको  बताउँदै एकजना प्रहरी अधिकारीले पीडितको शव पोस्टमॉर्टम प्रक्रियाका लागि अस्पतालमा पठाइएको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने बताएका छन् ।

प्रहरीले विस्फोटको उचित अनुसन्धानको लागि आदेश जारी गरी सक्रियता बढाएको जनाएको छ । –(रासस\सिन्ह्वा)