तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडाै आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानवअधिकार समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा विधायन व्यवस्थापन समितिको बैठ बस्न लागेको हो । बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता, समितिले संघीयता सबलीकरणको लागि गर्नुपर्ने थप कार्यहरुबारे छलफल हुनेछ । आजै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।

प्रतिनिधि सभामा धकेलाधकेल