प्रधानमन्त्रीले विदेशीहरुको दवावमा सत्ता समिकरण परिवर्तन गर्दै हिँडेको अध्यक्ष लिङदेनको आरोप

काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दवावमा सत्ता समिकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन्।

पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आईतवार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले कुरा बताएकी हुन्।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर पनि गरे। सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाई थियो। अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे। उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।  

प्रतिनिधि सभामा धकेलाधकेल