सोमबार पनि सेयर बजारमा पहिरो, कति अंकले घट्यो नेप्से ?

काठमाण्डु - सेयर बजारमा सोमबार पनि ओरालो लागेको छ । आज नेप्से ४९.३१ अंकले ओरालो लागेर बजार १८८४.८१ बिन्दुमा झरेको हो ।आज १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबै उपसमूहको मूल्य ओरालो लागेको छ ।

सबैभन्दा धेरै विकासका लगानीकर्ताले गुमाए । घट्दो बजारमा समेत आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ७२१.९० पुगेको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ९.९८ प्रतिशतले बढेर ५००.३० रुपैयाँ पुगेको छ । ओरियन्टल होटेल्सको मूल्य ६ रुपैयाँले उकालो लाग्यो ।

आज कुल २३० कम्पनीको ३६ हजार ४६४ वटा कारोबारबाट ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ ।